एनपीएल लक्षित गर्दै नेपाल टेलिकमले ल्यायो ५९९ रुपैयाँको प्याकेज

१० कार्तिक २०८३, मंगलवार १३:१९

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा उक्त प्याकेज उपलब्ध गराएको हो।

प्याकेजअन्तर्गत प्रयोगकर्ताले ३३३ मिनेट अल–नेट भ्वाइस कल सुविधा र प्रतिदिन ८ जीबी डेटा प्राप्त गर्नेछन्। प्याकेजको समयावधि ३० दिनको हुनेछ।

नेपाल टेलिकमका अनुसार मंगलबारदेखि आगामी मंसिर ५ गतेसम्म उक्त प्याकेज खरिद गर्न सकिनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताले खरिद गरेको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ।

‘एनपीएल अनलिमिटेड प्याकेज’ खरिद गर्न मोबाइलबाट *१४१५# डायल गर्न सकिनेछ। यसका साथै नेपाल टेलिकमको एपमार्फत पनि प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*