दशैँमा टीभीएसको ‘गोल्डेन की’ अफर : १० लाखसम्म नगद छुट र शतप्रतिशतसम्म क्यासब्याक

काठमाडौं । दशैँलाई लक्षित गर्दै नेपालमा टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस गोल्डेन की’ चाडपर्व योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, ‘टीभीएस गोल्डेन की’ योजनामा ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्न सक्नेछन् । हरेक खरिदमा निश्चित पुरस्कारको व्यवस्था रहेकाले यस योजनाले दशैँमा टीभीएसको नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई थप लाभ दिने कम्पनीको दाबी छ ।
योजनाअन्तर्गत ग्राहकले निश्चित पुरस्कारसँगै दैनिक लक्की ड्रमा सहभागी हुने अवसरसमेत पाउनेछन् । दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई ग्राहकले पाँच वर्षसम्मको निःशुल्क सर्भिस जित्न सक्ने कम्पनीले जनाएको छ । यसले सवारीसाधन खरिदपछि समेत ग्राहकलाई दीर्घकालीन सेवा सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ ।
त्यस्तै, दशैँमा नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिदलाई सहज बनाउन कम्पनीले सहज फाइनान्स सुविधासमेत उपलब्ध गराएको जनाएको छ । सम्बन्धित नियम तथा सर्तअनुसार ग्राहकले फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् ।
योजनाको शुभारम्भका अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दशैँ नयाँ सुरुआत र पारिवारिक खुसीको पर्व भएकाले ग्राहकको चाडपर्वलाई थप विशेष बनाउन योजना ल्याइएको बताए । उनका अनुसार, गोल्डेन कीमार्फत प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नुका साथै दैनिक लक्की ड्रमार्फत दीर्घकालीन सर्भिस लाभ जित्ने अतिरिक्त अवसर पाउनेछन् ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकलाई केन्द्रमा राखेर थप मूल्य र उपयोगी लाभ प्रदान गर्ने उद्देश्यले गोल्डेन की योजना ल्याइएको बताए । उनका अनुसार, निश्चित पुरस्कार, दैनिक लक्की ड्र र सहज फाइनान्स सुविधाले नेपालभरका ग्राहकका लागि टीभीएस सवारीसाधनको स्वामित्वलाई थप सहज र आकर्षक बनाउनेछ ।
टीभीएस गोल्डेन की योजनाबारे थप जानकारीका लागि टीभीएस नेपालको आधिकारिक वेबसाइटमा जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।









