नेपाल पुनर्बीमा कम्पनीमा थप हकप्रद शेयर लगानी गर्न सरकारको सहमति

१७ कार्तिक २०८३, मंगलवार १७:०४

काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले एसियाली विकास बैंक (एडीबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २ करोड अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ।

मन्त्रिपरिषद्का यी निर्णयबारे सरकारका प्रवक्ता पोखरेलले जानकारी दिएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*