अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आह्वान

२९ भाद्र २०८३, सोमबार ०८:३१

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३ प्रतिशत लाभांश घोषणासँगै २९औं वार्षिक साधारणसभा पनि बोलाएको छ।

सभामा विशेषगरी हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

त्यसैगरी बोनस शेयर जारी गर्दा खण्डिकृत भएका खण्डित शेयर सम्बन्धित शेयरधनीको नाममा जगेडा राख्ने, बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सोही अनुरुप प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिइनेछ।

त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ।

त्यसैगरी यस कम्पनीको लगानी रहेका सहायक कम्पनीहरुले निर्माण गर्ने आयोजनाहरुका लागि कर्पाेरेट ग्यारेन्टी दिने प्रस्ताव पनि सभामा लैजाने कार्यसूची रहेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १३ गते एक दिन बूक क्लोज गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*