युनाइटेड अजोड इन्स्योरेन्सकी सञ्चालक संगीता केसीको राजीनामा स्वीकृत
२९ भाद्र २०८३, सोमबार १०:३७

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकी सञ्चालक संगीता केसीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
कम्पनीको भदौ २६ गते सम्पन्न ८८औँ सञ्चालक समिति बैठकले केसीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। उनी सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक समितिमा रहँदै आएकी थिइन्।
कम्पनीका अनुसार केसीको राजीनामा भदौ २६ गतेदेखि नै लागू हुनेगरी स्वीकृत गरिएको छ।









