सिटिजन लाइफको शेयर स्वामित्व संरचना फेरिँदै, संस्थापक ६०% र सर्वसाधारण ४०% हुने

२९ भाद्र २०८३, सोमबार ११:०६

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण शेयरधनीबीचको स्वामित्व संरचना परिमार्जन गर्ने तयारी गरेको छ। कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण शेयर स्वामित्वलाई क्रमशः ६० प्रतिशत र ४० प्रतिशतमा परिवर्तन गर्ने प्रस्ताव अघि सारेको हो।

कम्पनीको भदौ २६ गते सम्पन्न १३३औँ सञ्चालक समिति बैठकले बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ को दफा ५ अनुसार आवश्यक प्रक्रिया पूरा गरी स्वामित्व अनुपात परिवर्तन गर्ने निर्णय गरेको जनाएको छ।

प्रस्ताव कार्यान्वयनमा आएपछि संस्थापक शेयरधनीको हिस्सा १० प्रतिशतले घट्नेछ भने सर्वसाधारणतर्फको स्वामित्व सोही अनुपातमा बढ्नेछ। हाल कम्पनीको कुल सेयरमध्ये ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्वमा रहेको छ।

स्वामित्व संरचना परिवर्तन गर्न कम्पनीले नेपाल बीमा प्राधिकरणसहित सम्बन्धित नियामक निकायबाट आवश्यक अनुमति तथा स्वीकृति लिनेछ। नियामकीय प्रक्रिया पूरा भएपछि उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारण सभामा निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*