आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से २५.५५ अंकले बढ्दा अधिकांश कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएको छ। आज ४७ कम्पनीको शेयरमूल्य घट्दा २२६ कम्पनीको शेयरमूल्य बढेको हो।
यसदिन इन्फिनिटी लघुवित्त, त्रिशूली जलविद्युत कम्पनी, सिर्जनशील लघुवित्त, सर्वाेत्तम पेन्ट्स, मञ्जुश्री फाइनान्स, एनआईसी एशिया सेलेक्ट फण्ड ३०, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, न्यादी हाइड्रोपार, भगवती हाइड्रोपावर र मोदी इनर्जी लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको हो।









