मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

३० भाद्र २०८३, मंगलवार १५:१४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४८.५७ अकंले बढेर २६३३.६२ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको २ करोड ३ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार २६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य मात्रै घटेको छ । आज १ कम्पनीको शेयर मूल्य पनि स्थिर रहेको हो ।

यसदिन धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर एकैदिन प्रतिकित्ता १४५ रुपैयाँले बढेर १ हजार ११९ रुपैयाँ पुगेको हो ।

साथै, आज सिन्धु विकास बैंकको ११.०३ प्रतिशत, मल्टीप्रपोज फाइनान्सको ९.७३ प्रतिशत, जानकी फाइनान्सको ८.०६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*