माछापुच्छ्रे बैंकको १ लाख ९३ हजार कित्ता शेयर बिक्रीमा, ककस्ले दिन पाउँछन् आवेदन ?

३१ भाद्र २०८३, बुधबार १०:३४

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्था समूह तर्फको १ लाख ९३ हजार ३९८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आवेदन दिनु पर्नेछ ।

तोकिएको समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*