आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
३१ भाद्र २०८३, बुधबार १५:०६

काठमाडौं । नेप्सेको रैनक एक दिन पनि टिकेन । अर्थमन्त्रालयले बजारलाई सकारात्मक लयमा ल्याउनको लागि पुँजीबजार सुदुढीकरण कार्यायोजना सार्वजनिक गरेको प्रभाव बजारमा पर्ने अपेक्षा गरेपनि शेयर बजारको सुधार हिजो एक दिनको लागि मात्रै स्थिर भएको छ।
साताको कारोबारको तीन दिनमा आज नेप्से पुनः ओरालो लागेको छ। आज हिमाल दोलखाको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, रिलायन्स स्पिङ्ग मिल्स, शिवम सिमेन्टस, सोलु हाईड्रोपावर, लिबर्टी इनर्जी, एनआरएन इन्फ्रास्टक्चर, शिव श्री, तमोर मिडिल, सिईडिबी होल्डिङ्ग र माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ ।










