बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंमा पक्राउ
३१ भाद्र २०८३, बुधबार १६:३९

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२९ मैतिदेवी बस्ने ३६ वर्षीय हिमान्सु भुवनिया रहेका छन्।
जिल्ला अदालत जलेश्वरबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका भुवनियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौं महानगरपालिका–१ नागपोखरी चोकबाट पक्राउ गरेको हो।
पक्राउ परेका भुवनियालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको प्रहरीले जनाएको छ।









