शेयर लगानीकर्तालाई राहत, पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित

काठमाडौं । सरकारले शेयर कारोबारबाट प्राप्त हुने नाफामा लाग्ने पूँजीगत लाभकरको दर घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अघि सारेको करसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो।
सरकारको निर्णयअनुसार अब सेयर बिक्री गर्दा अल्पकालीन लगानीकर्ताले ३.७५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर बुझाउनुपर्नेछ।
नयाँ व्यवस्था लागू हुन भने राजपत्रमा करको संशोधित दर प्रकाशित हुनुपर्नेछ। राजपत्रमा सूचना प्रकाशित भएपछि घटाइएको करदर औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।
यसअघि व्यक्तिगत लगानीकर्ताले एक वर्ष वा सोभन्दा कम अवधिमा बिक्री गरेको शेयरबाट भएको नाफामा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए। त्यस्तै, एक वर्षभन्दा लामो समय शेयर होल्ड गरी बिक्री गर्दा प्राप्त लाभमा ५ प्रतिशत कर लाग्दै आएको थियो।









