भूमिहीन भन्दै आवेदन दिएका चारजनाको नाममा जग्गा फेला

३१ भाद्र २०८३, बुधबार १८:३९

काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चारजनाको नाममा जग्गा रहेको भेटिएको छ । भूमि समस्या समाधान समितिले सरकारी अभिलेखसँग गरिएको रुजुका क्रममा उनीहरू तथा उनीहरूको परिवारका सदस्यको नाममा जग्गा रहेको भेटिएपछि आवश्यक कारबाही गर्न सम्बन्धित जिल्ला समितिलाई निर्देशन दिएको छ ।

भूमि अभिलेखबाट प्राप्त विवरणअनुसार उनीहरू तथा परिवारका सदस्यको नाममा इलाम, ताप्लेजुङ, झापा र काभ्रे जिल्लामा जग्गा रहेको पाइएको हो ।

समितिले भूमिहीन सुकुमवासी र भूमिहीन दलितका रूपमा आवेदन दिने व्यक्तिहरूले गरेको स्वघोषणालाई सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा जग्गा रहेको तथ्य फेला पारेको जनाएको छ । स्वघोषणामा आफू तथा आफ्नो परिवारको नाममा नेपालभर कुनै जग्गा–जमिन नरहेको उल्लेख गरे पनि अभिलेखमा जग्गा रहेको देखिएपछि ती व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*