एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार?

१ आश्विन २०८३, बिहीबार ०८:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले ५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजनपछि बैंकको शेयरमूल्य प्रतिकित्ता ६९२ रुपैयाँ ८६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम शेयरमूल्यका आधारमा समायोजन गरेको हो। बुधबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ७२७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

समायोजित मूल्यलाई आधार मानेर आज बिहीबारदेखि दोस्रो बजारमा एभरेष्ट बैंकको शेयर कारोबार खुल्नेछ। बैंकले असोज १४ गते बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा ३२औं वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे शुरु हुनेछ।

बैंकको उक्त साधारणसभामा हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारितका लागि पेश हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*