आगामी तीन दिन देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

१ आश्विन २०८३, बिहीबार ०८:३४

काठमाडौं । नेपालमा हाल मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ भने लुम्बिनी र गण्डकी प्रदेशका थोरै तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

असोज १ गते बिहीबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही तथा कर्णालीका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका विभिन्न भू–भागमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

बिहीबार राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। पहाडी तथा तराईका विभिन्न भू–भागमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज २ गते शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका केही तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

शुक्रबार राति कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली, पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

असोज ३ गते शनिबार पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्नेछ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार राति हिमाली र पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भू–भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। पहाडी र तराईका विभिन्न भू–भागमा समेत मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*