आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

१ आश्विन २०८३, बिहीबार ०८:०२

काठमाडौं । आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदैछ। हरेक वर्ष कन्या संक्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाका अवसरमा भगवान् विश्वकर्माको पूजा आराधना गरी कलकारखाना, उद्योगधन्दा, औजार, मेसिनरी तथा सवारीसाधनको पूजा गर्ने परम्परा छ।

भगवान् विश्वकर्मालाई निर्माण, वास्तुकला, शिल्पकला तथा प्राविधिक सीपका देवताका रूपमा पूजा गरिन्छ। यस दिन विशेषगरी उद्योग, कारखाना, वर्कसप तथा प्राविधिक क्षेत्रमा प्रयोग हुने उपकरण र मेसिनको पूजा गरी काममा सफलता र सुरक्षाको कामना गर्ने गरिन्छ।

आजकै दिनलाई वास्तु दिवसका रूपमा समेत मनाइन्छ। नेपाली समाजमा घर, भवन तथा कार्यस्थल निर्माण गर्दा स्थान, दिशा र संरचनाको उचित संयोजनलाई विशेष महत्त्व दिने गरिन्छ। वास्तुशास्त्रअनुसार घर सजावट गरेमा नकारात्मक ऊर्जा नाश हुने विश्वास रहीआएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*