आत्मनिर्भर लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत
१ आश्विन २०८३, बिहीबार १४:३३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको १४.२५ प्रतिशत दरको कुल १ लाख ११ हजार ६३९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकृत शेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ ।










