हिमालयन लाइफका अभिकर्ता जय फुयाललाई उत्कृष्ट व्यवसायमा मोटरसाइकल पुरस्कार

१ आश्विन २०८३, बिहीबार १५:५९

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता जय फुयालले ब्यक्तिगत अभिकर्ता कोड अन्तर्गत सबैभन्दा बढी बीमाशुल्क संकलन गर्न सफल भई कम्पनीद्वारा आर्थिक बर्ष २०८२।०८३ मा जारी गरिएको अभिकर्ता प्रोत्साहन योजना अन्र्तगत बीमारत्न योजनामा छनौट हुन सफलभई रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाईकल जित्न सफल भएका छन् ।

उक्त मोटरसाइकल कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यले कम्पनिको प्रधान कार्यालयमा आज हस्तान्तरण गरेका हुन् ।

बीमा व्यवसायमा उत्कृष्ट कार्यसम्पादन गर्दै योजनामा तोकिएको लक्ष्य पूरा गर्नुभएको अवसरमा कम्पनीले उहाँलाई उक्त मोटरसाइकल प्रदान गरेको हो ।

अभिकर्ताहरूको कार्यसम्पादनलाई प्रोत्साहन गर्दै बीमा व्यवसायको विस्तारमा थप ऊर्जा प्रदान गर्ने उद्देश्यले कम्पनीले समय–समयमा विभिन्न प्रोत्साहनमूलक योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही योजना अन्तर्गत अभिकर्ता जय फुयालले उत्कृष्ट कार्य गर्दै रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल प्राप्त गरे ।

मोटरसाइकल प्राप्त गरेका अभिकर्ता जय फुयालले कम्पनीले प्रदान गरेको अवसर तथा प्रोत्साहनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्साहका साथ बीमा व्यवसाय विस्तारमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरूको मेहनत, सक्रियता र उत्कृष्ट कार्यसम्पादनलाई सदैव सम्मान तथा प्रोत्साहन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*