९ लाख घुससहित टोखाको रेस्टुरेन्टबाट नापी अधिकृत पक्राउ

१ आश्विन २०८३, बिहीबार १७:००

काठमाडौँ । छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौँमा पठाउने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी दिई घुस/रिसवत मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्।

जिल्ला काठमाडौँ, नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र पठाउने काममा सहजीकरण गरिदिने भन्दै घुस मागेको भन्ने सूचना एवं उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो।

उक्त सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले नापी अधिकृत वलीलाई ९ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनलाई २०८३ साल भदौ ३१ गते काठमाडौँको टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*