९औँ स्थापना दिवसमा सन नेपाल लाइफको बीमा जागरण अभियान, बनेपामा विद्यार्थी लक्षित कार्यक्रम

१ आश्विन २०८३, बिहीबार १७:२७

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ स्थापना दिवसको अवसरमा आयोजित ९ दिने विशेष अभियानअन्तर्गत बनेपा शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीको घोषित कार्यक्रमअनुसार देशभर सामुदायिक विद्यालय, कलेज, स्थानीय निकाय तथा विभिन्न आर्थिक एवं सामाजिक संघ–संस्था र समूहहरूमा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत बनेपा शाखाले भैँसेपाटीस्थित चक्रज्योति माध्यमिक विद्यालयमा कक्षा १० र ११ का विद्यार्थी  तथा शिक्षक माझ  Insurance Awareness Program सञ्चालन गरेको हो ।
कार्यक्रममा  रिजनल मेनेजर मुरारी प्रसाद तिवारीले बिमाको आवश्यकता, महत्व, आर्थिक सुरक्षा , जोखिम व्यवस्थापनमा बिमाको भूमिका तथा जीवन बिमाले व्यक्ति, परिवार र समाजमा पुर्‍याउने योगदानका विषयमा प्रकाश पार्नु भएको थियो । सन नेपाल ले आपतमा राहत स्वरुप ल्याएको १ लाख सम्मको उपचार खर्च प्राप्त गर्ने सन मेडिकियर र अत्यन्तै सस्तो रकममा हिजै लन्च गरेको स्मार्ट बिमाको बारेमा पनि जानकारी तथा अन्तरक्रिया गरिएको थियो।
विद्यार्थी भाइबहिनीहरूमा सानै उमेरदेखि बिमा सम्बन्धी ज्ञान र वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस कार्यक्रमले सुरक्षित र जिम्मेवार आर्थिक भविष्य निर्माणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएका छ ।
कार्यक्रममा चक्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक राम कृष्ण अधिकारि , दिवेश धौगोडा , मिलन दाहाल ,सुशिला महत , ओम शरण पन्त , श्रीकृष्ण श्रेष्ठ लगायत शिक्षक कर्मचारिको सहभागिता थियो ।
कम्पनीले नवौं बार्षिक दिवसको उपलक्ष्यमा सबै शाखाबाट ९औँ स्थापना दिवस -९ दिन अभियान, ९० वटा बीमा लाभ प्रदान, ९०० बिमा जागरण अभियान  र  ९००० बीमा सेवा प्रभाह गर्ने नारा ल्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*