नेपाल टेलिकमको डेटा अफर: ४९९ र ६९९ रुपैयाँमा अनलिमिटेड प्याक

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि तीनदिने विशेष डेटा अफर सार्वजनिक गरेको छ ।
कम्पनीले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका प्याकेज उपलब्ध गराएको हो ।
४९९ रुपैयाँ (करसहित) मा उपलब्ध ‘अनलिमिटेड लाइट ४९९’ प्याकेजअन्तर्गत ग्राहकले ३० दिनसम्म दैनिक ५ जीबी डेटा प्रयोग गर्न पाउनेछन् । दैनिक ५ जीबीको सीमा सकिएपछि सोही दिनको बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डेटा चलाउन सकिनेछ ।
त्यस्तै, बढी डेटा आवश्यक पर्ने ग्राहकका लागि ६९९ रुपैयाँ (करसहित) मा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज उपलब्ध हुनेछ । यसमा ३० दिनसम्म दैनिक १० जीबी डेटा उपलब्ध हुनेछ । दैनिक १० जीबीको सीमा सकिएपछि बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि भने प्याकेजमै रेन्टल चार्जसमेत समावेश गरिएको छ ।
नेपाल टेलिकमका अनुसार उक्त अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुनेछ । ग्राहकले मोबाइलबाट 141511# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत अफर लिन सक्नेछन् ।










