भोटेकोशी–त्रिशूली बाढीमा निर्जिवन बीमा कम्पनीहरुमा २५ अर्ब ८७ करोडको प्रारम्भिक दाबी

१ आश्विन २०८३, बिहीबार २१:०७

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण भएको क्षतिको बीमा दाबी १५ वटा बीमकमार्फत करिब रु। २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार पुगेको छ ।

नेपाल बीमा प्राधिकरणमा २०८३ भदौ १५ गतेसम्म प्राप्त बीमा दाबी विवरणअनुसार ५८३ बीमितले कुल रु। २,५८,७३५।७९ लाख अर्थात् करिब रु। २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार बराबरको प्रारम्भिकरअनुमानित दाबी गरेका छन्।
बीमकगत रूपमा हेर्दा सबैभन्दा ठूलो दाबी द ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। उक्त कम्पनीमा ८ बीमितले रु। १,३०,४२१।२६ लाख बराबरको प्रारम्भिक दाबी गरेका छन्।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ बीमितको रु। ४९,७४८।७२ लाख, सानिमा जीआईसी इन्स्योरेन्समा १०२ बीमितको रु। २१,०२८।७२ लाख र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ बीमितको रु। १८,८७३।७६ लाख बराबरको प्रारम्भिक दाबी परेको छ।

त्यसैगरी शिखर इन्स्योरेन्समा १२७ बीमितको रु। १८,७५४।५९ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ४५ बीमितको रु। ६,४७८।२० लाख र नेको इन्स्योरेन्समा ६६ बीमितको रु। ५,१७०।३७ लाख बराबरको दाबी देखिएको छ।

बाढीबाट भएको क्षतिको दाबीमध्ये इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ सबैभन्दा ठूलो रकम देखिएको छ। यस शीर्षकमा ५२ बीमितले रु। २,०५,०७७।९० लाख बराबरको प्रारम्भिक दाबी गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*