नेपाल प्रहरीमा ३३४ जनाका लागि नयाँ भर्ना खुला

२ आश्विन २०८३, शुक्रबार ०८:५५

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा गरी ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ। प्रहरीले असई र कार्यालय सहयोगीका विभिन्न पदमा खरदास्त आह्वान गरेको हो।

प्रहरी सहायक निरीक्षक (असई) पदमा २११ जना माग गरेको छ भने कार्यालय सहयोगीअन्तर्गत भान्छेमा ८३ जना, हजाम १५ जना र कुचिकार २५ जना माग गरेको हो। आवेदन असोज १२ गतेदेखि कात्तिक १० गतेभित्र दिइसक्नु पर्नेछ।

तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले अनलाइन प्रणालीमार्फत सजिलै आवेदन दिन सक्नेछन्। प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षा तालिका कात्तिक २० गते प्रकाशित गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*