गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

२ आश्विन २०८३, शुक्रबार ०९:४८

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको आज असोज २ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समतिको १६८औं बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैठकले गत आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई हालको चुक्ता पूँजी १३ करोड २३ लाख ५८ हजार ५३ रुपैयाँको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५ प्रतिशत नगद लाभांश रहेको छ। यसअनुसार कम्पनीले १ करोड २५ लाख ७४ हजार १५ रुपैयाँ बराबरको बोनस शेयर र ३ लाख ६१ हजार ७९० रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्नेछ।

कम्पनीको यो निर्णय बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने र राष्ट्र बैंकबाट पनि स्वीकृत भएपछि सम्बन्धित शेयरनधीहरुमा वितरण गरिने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*