बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न हिमालयन एभरेस्ट र एसएआईएम कलेजबीच सहकार्य
२ आश्विन २०८३, शुक्रबार १२:२१

काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले विद्यार्थीलाई बीमा क्षेत्रसँग जोड्दै व्यावहारिक ज्ञान तथा अवसर प्रदान गर्ने उद्देश्यले काठमाडौंस्थित एसएआईएम कलेजसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
समझदारीअनुसार विद्यार्थीका लागि बीमा क्षेत्रसँग सम्बन्धित कामको अनुभव हासिल गर्ने अवसर, उद्योगसम्बन्धी जानकारी तथा तालिम, ज्ञान आदानप्रदान, कार्यशाला, अनुसन्धान र व्यावसायिक विकासका कार्यक्रम सञ्चालन गरिनेछ।
कम्पनीका अनुसार यस सहकार्यले विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक तथा व्यावसायिक ज्ञान हासिल गर्न सहयोग पुग्नेछ। साथै, बीमा क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।











