भेडासिंहबाट १ किलो ४ सय ग्राम अवैध सुनसहित भारतीय नागरिक पक्राउ

२ आश्विन २०८३, शुक्रबार १४:०९

काठमाडौँ । प्रहरीले काठमाडौँको भेडासिंहबाट १ किलो ४ सय ग्राम अवैध सुन तथा गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास रहेका छन् । दासको साथबाट सुन तथा गहनासहित ७ लाख ५० हजार रुपैयाँ नगदसमेत बरामद भएको छ ।

प्रहरीका अनुसार बरामद सुन अवैध रूपमा कारोबारका लागि राखिएको आशंका गरिएको छ । दासले भेडासिंह क्षेत्रमा टञ्च हाउस सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*