मुक्तिनाथ विकास बैंकको विशेष घरकर्जा योजना, ५.७८ प्रतिशत ब्याजदरमै कर्जा

२ आश्विन २०८३, शुक्रबार १४:४४

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ तथा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घरकर्जा योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन् । बैंकको आधार दर ५.५३ प्रतिशत रहेकाले कात्तिक मसान्तसम्म ग्राहकले ५.७८ प्रतिशत ब्याजदरमा घरकर्जा पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ । पहिलो घर कर्जाको हकमा भने अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा लिन सकिनेछ ।

चाडपर्वको अवसरमा आफ्नै घर बनाउने वा खरिद गर्ने योजना बनाएका ग्राहकलाई लक्षित गरी योजना ल्याइएको बैंकले जनाएको छ ।

विशेष घरकर्जा योजना २०८३ साल कात्तिक मसान्तसम्म लागू हुनेछ । त्यसपछि भने बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जाका अन्य शर्तहरू लागू हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*