एकै महिनामा बैंक तथा वित्तीय संस्थाका ३ कार्यालय बन्द
२ आश्विन २०८३, शुक्रबार १७:३९

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३।०८४ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्था ३ शाखा कार्यालय बन्द भएका छन् । २०८३ असार मसान्तमा बैंकतथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११ हजार ३३२ रहेकोमा २०८३ साउन मसान्तमा ११ हजार ३२९ मात्रै रहेका हुन् ।
२०८३ साउन मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १६ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधारविकास बैंक गरी जम्मा १०५ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।











