बीमा बुझाउँदै सन नेपाल लाइफ बनेपा शाखा: विद्यार्थी र लड्केश्वरका शिक्षक–अभिभावकसँग अन्तरक्रिया

२ आश्विन २०८३, शुक्रबार १८:०३

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बनेपा शाखाले कम्पनीको नवौँ वार्षिक स्थापना दिवसको अवसरमा बीमा जागरण अभियान अन्तर्गत आज पाँचौ दिन बनेपाका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबीच बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

बनेपास्थित काभ्रे जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित निष्ट कलेजमा आयोजित कार्यक्रममा विभिन्न विषयमा स्नातक तह अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका रिजनल म्यानेजर मुरारी प्रसाद तिवारीले विद्यार्थीहरूसँग प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गर्दै जीवन बीमाको आवश्यकता, महत्व, जोखिम व्यवस्थापनमा बीमाको भूमिका तथा भविष्यका लागि आर्थिक सुरक्षा लगायतका विषयमा जानकारी गराएका थिए।

विद्यार्थीहरूले बीमासम्बन्धी आफ्ना जिज्ञासा तथा प्रश्नहरू राखेका थिए भने कार्यक्रममा सहभागी वक्ताले विद्यार्थीका जिज्ञासाहरूको सम्बोधन गर्दै बीमा केवल जोखिम हस्तान्तरणको माध्यम मात्र नभई व्यक्ति तथा परिवारको आर्थिक सुरक्षासँग जोडिएको महत्वपूर्ण वित्तीय साधन भएको विषयमा प्रकाश पारेका थिए। कार्यक्रमको संयोजन कलेजका सहायक क्याम्पस प्रमुख रजिव श्रेष्ठले गरेका थिए ।

कम्पनीले आफ्नो नवौँ स्थापना दिवसको अवसरमा देशभर सञ्चालन गरिरहेको बीमा जागरण अभियानअन्तर्गत विभिन्न शैक्षिक संस्था, स्थानीय निकाय, सामाजिक तथा आर्थिक संस्था र समुदायमा पुगेर बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।

सन नेपाल लाइफ बनेपा शाखाले आगामी दिनमा पनि विद्यार्थी, युवा तथा सर्वसाधारणमा बीमासम्बन्धी ज्ञान र सचेतना विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यसै बिच काभ्रेको बल्थलि स्थित लड्केश्वर आधारभूत बिद्यालयका शिक्षक तथा अभिभावक बिचमा पनि आजै बिमा जागरण अभियान संचालन भएको छ । बिद्यालयका प्रधानाध्यापक राजु शाहि ठकुरीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा थोरै रकममा गर्न सकिने सन मेडिकियर तथा स्मार्ट प्रोटेक्सन बिमाका बारेमा विशेष छलफल भएको थियो ।

सन नेपाल लाइफको स्थापना दिवस आश्विन छ गते ९ औं बार्षिक दिवसका अबसरमा बिमा जागरण अभियान , रक्तदान कार्यक्रम , बिभिन्न बिषयमा अन्तरक्रिया सहित ९ दिनमा ९० बिमा लाभ ९०० जागरण र ९००० बिमा सेवा प्रबाह गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*