सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?
५ आश्विन २०८३, सोमबार ११:०२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ६० हजार ५४५ रुपैयाँ कायम भएको हो ।
यता, चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला चार हजार ८०५ रुपैयाँ कायम भएको छ।











