राष्ट्र बैंकका पाँच उपनिर्देशकले लिए अवकाश
५ आश्विन २०८३, सोमबार ०९:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकका विभिन्न कार्यालय तथा विभागमा कार्यरत पाँच जना उपनिर्देशकले भदौ महिनामा बैंक सेवाबाट अवकाश लिएका छन्।
नेपाल राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार उमेरहदका कारण उनीहरू सेवा निवृत्त भएका हुन्। बैंकको नियमअनुसार ५८ वर्ष उमेर पूरा भएपछि उनीहरू अवकाशमा गएका हुन्।
अवकाश पाउनेमा नेपालगञ्ज कार्यालयका प्रकाशकुमार धिताल छन्। उनले भदौ १ गतेदेखि सेवा छाडेका हुन्।
त्यस्तै, मुद्रा व्यवस्थापन विभागका उपनिर्देशक हरिगोविन्द महर्जन भदौ १४ गते, बैंकिङ विभागका देवराज घिमिरे भदौ १५ गते, टक्सार महाशाखाका धनबहादुर श्रेष्ठ भदौ १६ गते र सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका इन्द्रप्रसाद शर्मा भदौ ३० गतेदेखि अवकाशमा गएका हुन्।











