४ लाख ३० हजार डाउनपेमेन्टमै टियागो ईभी

५ आश्विन २०८३, सोमबार ११:३९

काठमाडौं । टाटा मोटर्सको विद्युतीय कार टियागो ईभी नेपाली बजारमा नयाँ अफरसहित उपलब्ध भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ अभियान सञ्चालन गरेको हो।

सेप्टेम्बर १९ देखि २६ गतेसम्म चल्ने अभियानअन्तर्गत ग्राहकले ४ लाख ३० हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। अभियानमा पुरानो गाडी एक्सचेन्ज गरी नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्न चाहने ग्राहकलाई विशेष प्राथमिकता दिइएको छ।

‘एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट’ अवधारणामा सञ्चालन भइरहेको अभियानमा टियागो ईभी बुकिङ गर्ने ग्राहकले बुकिङसँगै विभिन्न उपहार प्राप्त गर्नेछन्। पुरानो गाडी एक्सचेन्ज गर्दा ग्राहकले विशेष एक्सचेन्ज मूल्यांकनको सुविधा पाउने कम्पनीको भनाइ छ।

अभियान अवधिमा टियागो ईभी खरिद गर्ने ग्राहकका लागि निःशुल्क एक्सेसरिज, एक वर्षको सवारी कर तथा घरमै चार्जर जडानको सुविधा पनि उपलब्ध गराइएको छ। यी सुविधाले गाडी खरिदसँगै ग्राहकले व्यहोर्नुपर्ने अतिरिक्त खर्च घटाउने अपेक्षा गरिएको छ।

टियागो ईभीलाई टाटा मोटर्सले दैनिक आवतजावतलाई लक्षित गरी बजारमा ल्याएको विद्युतीय मोडलका रूपमा प्रस्तुत गर्दै आएको छ। आधुनिक डिजाइन, विद्युतीय ड्राइभिङ अनुभव र शहरकेन्द्रित दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण यो मोडल नेपाली बजारमा बिक्री हुँदै आएको छ।

पुरानो गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न चाहने ग्राहकलाई लक्षित गरिएको ‘जोयफुल विक’ सीमित अवधिका लागि मात्र सञ्चालन हुने सिप्रदीले जनाएको छ। इच्छुक ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा पुगेर टियागो ईभीको मूल्य, फाइनान्सिङ, एक्सचेन्ज तथा अभियानअन्तर्गतका सुविधाबारे जानकारी लिन र टेस्ट ड्राइभ गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*