कालीगण्डकीको बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइन टावर बगायो
११ आश्विन २०८३, आईतवार १२:२२

काठमाडौं। म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर कालीगण्डकी नदीमा आएको बाढीले बगाउँदा क्षति पुगेको छ।
बाढीका कारण प्रसारण लाइनको टावर बगाएर क्षति पुगेको हो। क्षतिका कारण आयोजनाबाट उत्पादित विद्युत् प्रसारणमा समेत प्रभाव परेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घटनाबारे जानकारी लिँदै क्षतिको अवस्थाको तत्काल मूल्याङ्कन गरी विद्युत् प्रणालीको पुनःस्थापना तथा सञ्चालनका लागि आवश्यक प्राविधिक पहल अघि बढाइएको जनाएको छ।
मन्त्रालयका अनुसार क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाका लागि आवश्यक प्राविधिक प्रक्रिया अघि बढाइनेछ।










