महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचिएपछि आवागमन अवरुद्ध
१४ आश्विन २०८३, बुधबार ०९:३६

काठमाडौँ । महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएपछि आवागमन अवरुद्ध भएको छ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित पुलको दोधारातर्फको करिब ५–६ मिटर भाग माथि उठेपछि केही समयदेखि आवतजावतमा समस्या हुँदै आएको थियो। त्यसपछि पुलको पिल्लरसमेत भत्किएर संरचना भाँचिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पुल भाँचिएसँगै उक्त मार्ग हुँदै हुने आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। पुलको संरचना भाँचिएपछि स्थानीयवासी तथा यात्रुहरूलाई आवतजावतमा थप समस्या भएको छ।











