सरकारी कर्मचारीलाई दुई वर्षे ‘कुलिङ पिरियड’, अवकाशपछि तत्काल नियुक्ति रोक्ने प्रस्ताव
१५ आश्विन २०८३, बिहीबार १२:०३

सरकारले सरकारी कर्मचारीका लागि दुई वर्षे ‘कुलिङ पिरियड’ लागू गर्ने प्रस्तावसहित संघीय निजामती सेवा विधेयक संसद्मा पेस गरेको छ।
प्रस्तावित व्यवस्थाअनुसार राजीनामा दिएका वा अनिवार्य अवकाशमा गएका कर्मचारीले दुई वर्ष पूरा नभएसम्म संवैधानिक, कूटनीतिक वा अन्य सरकारी नियुक्ति लिन पाउने छैनन्।
सरकारले सेवाबाट बाहिरिएलगत्तै अन्य सरकारी पदमा नियुक्त हुने प्रवृत्ति रोक्न यस्तो व्यवस्था प्रस्ताव गरेको हो। लोकसेवा आयोगले पनि दुई वर्षे कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा फरक राय नदिएको जनाइएको छ।
यसअघि पनि संघीय निजामती सेवा विधेयकमा यस्तो व्यवस्था प्रस्ताव भए पनि प्रतिनिधिसभा विघटनसँगै विधेयक निष्क्रिय भएपछि कार्यान्वयनमा आउन सकेको थिएन।











