सन नेपाल लाइफका डेपुटी सिईओ कवि फुयाँलद्वारा राजिनामा

१७ आश्विन २०८३, शनिबार १६:२७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कवि फुयालले पदबाट राजिनामा दिएका छन् । संक्षिप्त प्रतिक्रियामा उनले राजिनामा दिएको र बाँकी कुरा पछि थाहा हुने बताए ।

उनले तीन महिनाको अवधी दिएर दिएर राजिनामा दिएका हुन् । यसअघि आईएमई लाइफमा चार बर्ष सिईओको कार्यकाल पुरा गरेका फुयाँलले नयाँ गन्तव्यबारे अहिले नै निर्णय नगरिसकेको बताए । उनले भने, भर्खरै राजिनामा दिएको छु, स्वीकृत भएपछि केही समय रिफ्रेसमेन्ट पछि अब के गर्ने भन्ने निर्णय हुन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*