गृहमन्त्री सुधन गुरुङ भारत जाँदै

१९ आश्विन २०८३, सोमबार १७:३४

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन भारत जाने भएका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार गुरुङ आगामी असोज २६ गते अर्थात् अक्टोबर १२ मा भारत प्रस्थान गर्ने तयारीमा छन्।

भारतमा हुने बैठकमा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ। बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुने जनाइएको छ।

बैठकमा सदस्य राष्ट्रबीच सुरक्षा, आपसी सहकार्य तथा क्षेत्रीय समन्वयसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकमार्फत क्षेत्रीय सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने तथा सदस्य राष्ट्रबीच समन्वय बढाउने विषयमा समेत छलफल हुने बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*