अपि पावरको शेयरमूल्य समायोजन

७ मंसिर २०८३, सोमबार १७:१७

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अपि पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको मूल्य समायोजन गरेको हो ।

आज शेयर कारोबार बन्द हुनुभन्दा अघि कायम ३३२ रुपैयाँको आधारमा बोनस शेयर वितरणपछि नेप्सेले ३१६.१९ रुपैयाँ कायम गरेको छ ।

अब सोही मूल्यकै आधारमा भोलि कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*