बुढीगण्डकीमा भिषण बाढी, रसुवा भोटेकोशी जस्तै लेदो बग्दै

काठमाडौं । बुढीगण्डकीको तल्लो तटिय क्षेत्रका जनतालाई तत्काल सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ । आज विहान करिब ४ः३५ बजेदेखि लेदोसहितको पानी बगेर खोलामा बाढी आएपछि स्थानीयबासी विहानै घर छोडेर भाग्दै ज्यान जोएका छन् ।
चुमनुम्ब्रीमा रहेको चुम्के खोलाबाट सुरु भएको बाढी अहिले तल्लो तटीय क्षेत्रमा बगिरहेको छ । बाढीको गति रसुवा भोटेकोशीको भन्दा कम भएकोले मानिसहरु घर छोडेर भागिरहेको दृष्य भिडियोमा देख्न सकिन्छ । निकै ठूलो बाढी आइरहेकोले अहिले नै अवस्था के छ भनेर भन्न नसकिने अवस्था रहेको स्थानीयबासीको भनाई छ ।

प्रारम्भिक रुपमा सामाजिक सञ्जालमा फैलिएको भिडियो फुटेजहरुमा रसुवा भोटेकोशीमा जस्तै लेदोसहितको पानी बगिरहेको देखिएको छ । बाढीले नदि किनारा वरपरका सबै संरचनाहरु बगाउँदै अघि बढिरहेकोे छ ।











