सुपर मादी हाइड्रोपावरको बोनस शेयर सूचीकृत
१६ कार्तिक २०८३, सोमबार १७:२०

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको १५ प्रतिशत बोनस शेयर लाभांश बापत शेयरधनीलाई वितरण गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ।
यसदिन नेप्सेमा ३४ लाख ७२ हजार ८७५ कित्ता शेयर सूचीकृत भएको हो। यस कम्पनीले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। उक्त लाभांश साधारणसभाबाट पारित भएको थियो।











