कृषि विकास बैंकको नाफामा उछाल, अन्य वित्तीय सूचक कस्ता?

१५ कार्तिक २०८३, आईतवार ०८:०८

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालू आवको असोज मसान्तसम्म १० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा ५७ करोड रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा १८०३.७१ प्रतिशतले नाफा बढेको हो।

यद्यपि बैंकको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ३.७२ प्रतिशतले घटेको छ। गत आवमा २ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरकोमा चालू आवमा घटेर २ अर्ब ३६ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ।

यता बैंकको कुल सञ्चालन आम्दानी भने २ अर्ब ६५ करोड २५ लाख रुपैयाँबाट ८.८६ प्रतिशतले बढेर २ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६ करोड ३२ लाख ऋणात्मकबाट १५ करोड ६० लाख रुपैयाँ धनात्मक भएको छ।

बैंकको प्रतिशेयर आम्दानी ०.१७ रुपैयाँबाट ३.०५ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.७८ प्रतिशतबाट ४.७९ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ भने २३२.५८ रुपैयाँ कायम भएको छ। वितरणयोग्य मुनाफा २ अर्ब ४८ करोड ४७ लाखबाट घटेर ७८ करोड ८० लाख रुपैयाँमा झरेको छ।

चुक्ता पूँजी १९ अर्ब ७३ करोड रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा १८ अर्ब १७ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकले २ खर्ब ५० अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ४८ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*