बाक्लो हुस्सुपछि काठमाडौं विमानस्थलमा अवतरण गर्न सकेनन् बुद्धका जहाज

१५ कार्तिक २०८३, आईतवार ०८:११

काठमाडौं । बाक्लो हुस्सुका कारण आज विहान काठमाडौंस्थित विमानस्थलमा जहाजहरु अवतरणमा समस्या परेको देखिएको छ ।

फ्लाईट राडार २४ का अनुसार काठमाडौंबाट उडेका बुद्ध एयरका दुई वटा जहाजहरु अवतरण गर्न नसकेपछि भरतपुर डाइभर्ट भएका छन् । उडान नं बिएचए २००डि ले दोस्रो पटकमा ओभरसूट गर्न बाध्य भएको देखिएको छ । त्यस्तै, दोस्रो पटकको प्रयास पनि असफल भएपछि पुनः होल्डमै गएका छन् ।

अहिले काठमाडौं विमानस्थल बाक्लो हुस्सीले ढोको छ भने हावाका गति चार किलोनट रहेको छ । बुद्ध सँगै अन्य थुप्रै जहाजहरु आकाशमै होल्ड हुँदा सुरक्षा चुनौति बढेको छ ।

उता, रामेछाप विमानस्थल पनि अवतरणमा समस्या भएको छ । मौसमबारे पर्याप्त जानकारी नलिई लापरवाही तरिकाले जहाजहरु उडाएको अहिले आकाशमा रहेका जहाजहरुको अवस्थाले देखाएको छ ।
जहाज कम्पनी र नागरिक उड्डयन प्राधिकरणले लापरवाहीपूर्ण तरिकाले जहाजहरु उडान गर्न अनुमति दिएकोबारे छानविन गर्नुपर्ने देखिन आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*