लुम्बिनी विकास बैंक घाटाबाट नाफामा फर्कियो: पहिलो त्रैमासमै कमायो ३२ करोड ७१ लाख, खराब कर्जा समेत घट्यो

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि उल्लेख्य सुधार आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ऋणात्मक ९ रुपैयाँ ६२ पैसा रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ३६ रुपैयाँ ११ पैसा पुगेको छ। त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ६८ पैसा कायम भएको छ।
समीक्षा अवधिमा बैंकले ५७ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यस्तै, कर्जा तथा सापटी प्रवाह ४९ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४७ अर्ब ५ करोड रुपैयाँ रहेको कर्जा लगानी यस वर्ष करिब ४.३२ प्रतिशतले बढेको हो। यसले बैंकले कर्जा विस्तारलाई निरन्तरता दिएको देखाउँछ।
बैंकको कुल सम्पत्ति ६७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सेयरधनी कोष ७ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ। बैंकले आफ्नो वित्तीय आधारलाई कायम राख्दै कर्जा तथा अन्य व्यवसाय विस्तारमा जोड दिएको देखिन्छ।
बैंकको खुद ब्याज आम्दानीमा समेत सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ३८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ४९ करोड ४४ लाख रुपैयाँ पुगेको छ। यसअनुसार खुद ब्याज आम्दानी करिब ८.९६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६० करोड ३५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४३ करोड ४५ लाख रुपैयाँ कायम भएको छ।
बैंकले कर्जा जोखिम व्यवस्थापनमा पनि सुधार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ७.७८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर ६.९९ प्रतिशतमा झरेको छ।











