रिलायबल नेपाल लाइफले बेच्ने भयो मल्टीपर्पस फाइनान्सको ७ लाख २३ हजार कित्ता शेयर

७ मंसिर २०८३, सोमबार १४:४४

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको आधारभूत सेयरधनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ७ लाख २३ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ ।

रिलायबल नेपाल लाइफले उक्त सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने तयारी गरेको हो । यसका लागि कम्पनीले सेयर बिक्री गर्ने मनसायसहित मल्टीपर्पस फाइनान्समा निवेदन दिएको छ ।

मल्टीपर्पस फाइनान्सले मंसिर ७ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै रिलायबल नेपाल लाइफले सेयर बिक्री गर्न लागेको जानकारी गराएको हो ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कुनै पनि आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा पाँच दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*