सिक्किम नजिक केन्द्रबिन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प, कोशी प्रदेशमा पनि धक्का महसुस

८ मंसिर २०८३, मंगलवार ०८:२४

काठमाडौं । आज (मंगलबार) बिहान करीब ७ बजेर १७ मिनेटमा नेपालको पूर्वी क्षेत्र र छिमेकी भारतको सिक्किम आसपास भूकम्प गएको छ। भूकम्पको धक्का नेपालको कोशी प्रदेशका विभिन्न क्षेत्रमा समेत महसुस भएको छ।

भूकम्पको तीव्रता ५.६ म्याग्निच्युड रहेको थियो भने भूकम्प जमीनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको हो। भूकम्पको केन्द्रबिन्दु मङ्गनबाट करिब ६७ किलोमिटर पश्चिम–उत्तरपश्चिम क्षेत्रमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसीए) ले जनाएको छ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले पनि आज बिहान सिक्किमको मङ्गन क्षेत्रमा छुट्टै २.८ म्याग्निच्युडको भूकम्प अभिलेख गरेको छ। उक्त भूकम्प बिहान ५ बजेर २२ मिनेट (भारतीय समय) मा गएको र जमिनबाट २१ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको विवरणमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*