जन्मदिनमा दाजुद्वारा बहिनीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । जन्मदिनको अवसरमा आफ्ना प्रियजनलाई विभिन्न उपहार दिने चलन छ । तर, मोरङको रतुवामाई नगरपालिका–१० निवासी सन्दिप भट्टराईले भने आफ्नी बहिनी सरु भट्टराईलाई जन्मदिनको अवसर पारेर जीवन बीमा पोलिसी उपहार दिएका छन् । बहिनीको जन्मदिनलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले उनले उनको उज्ज्वल भविष्य, आर्थिक सुरक्षा र सुखी जीवनको कामना गर्दै जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
सामान्य उपहारले क्षणिक खुसी दिए पनि जीवन बीमा पोलिसीले भविष्यमा आर्थिक सुरक्षा र बचतको आधार तयार गर्ने भएकाले सन्दिपको यो उपहार अर्थपूर्ण र प्रेरणादायी बनेको छ । उनले बहिनीप्रतिको माया, सद्भाव र जिम्मेवारीलाई आर्थिक सुरक्षासँग जोड्दै दूरदर्शी सोच प्रस्तुत गरेका छन् । उक्त जीवन बीमा पोलिसी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको दमक शाखामार्फत जारी गरिएको हो ।
यस अवसरमा कम्पनीको दमक शाखाले सरु भट्टराईलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै सुखी, स्वस्थ, समृद्ध र उज्ज्वल भविष्यको कामना गरेको छ । दाजु सन्दिपको यस पहलले जन्मदिनमा भौतिक उपहारसँगै भविष्यको सुरक्षा पनि उपहार दिन सकिन्छ भन्ने सन्देश दिएको छ ।

साथै, पारिवारिक आत्मीयता र मायालाई आर्थिक सुरक्षासँग जोड्ने यस्तो सकारात्मक अभ्यासले जीवन बीमाप्रतिको सचेतना अभिवृद्धि गर्न र जन्मदिनमा बीमा पोलिसी उपहार दिने संस्कार विकास गर्नसमेत प्रेरणा दिने विश्वास गरिएको छ।











