अर्थ समितिको बैठक बस्दै, अर्थसम्बन्धी कानुन संशोधन विधेयकमाथि दफावार छलफल गरिने
८ मंसिर २०८३, मंगलवार ०९:४७

काठमाडौं । आज प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बस्ने भएको छ। समितिको ३४औँ बैठक मंसिर ८ गते मंगलबार बिहान ११ बजे बस्ने गरी तय भएको छ ।
बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल हुने छ । संघीय संसद् सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा उक्त विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
समितिको बैठकमा विधेयकमाथि छलफलका साथै विविध विषयमा समेत छलफल हुने प्रतिनिधि सभा अर्थ समितिले जनाएको छ ।











