सर्वोत्तम पेन्ट्सको ४२ हजार ५०० कित्ता शेयरको लकइन अवधि पुस १० गते सकिँदै

९ मंसिर २०८३, बुधबार १०:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि छुट्याइएको ४२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आगामी पुस १० गते समाप्त हुने भएको छ।

कम्पनीले गत असार ११ गते बाँडफाँड गरेको उक्त शेयरको ६ महिनाको लकइन अवधि पुस १० गते पूरा हुन लागेको हो। लकइन अवधि समाप्त भएसँगै सामूहिक लगानी कोषले उक्त शेयर कारोबारका लागि बिक्री गर्न सक्नेछन्।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मध्ये सामूहिक लगानी कोषलाई ४२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर छुट्याएको थियो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४२ हजार ५०० कित्ता शेयर म्युचुअल फन्डका लागि बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*