सुनको मूल्यमा भारी गिरावट, बुधबार प्रतितोला कति ?

९ मंसिर २०८३, बुधबार १०:५३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा ६ हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम सुनको मूल्य दुई लाख ६ हजार ९६० रुपैयाँ तोकिएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला तीन हजार ४० रुपैयाँमा आइपुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*