भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई प्रतिष्ठित अवार्ड

९ मंसिर २०८३, बुधबार १२:४७

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ ।

व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम ब्अत्रगष्चभच रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले विशेष रूपमा सम्मान सहित Excellence in Contactless Acquiring” र “Excellence in POS Acquiring Business – Principal Client” गरी दुई विधामा अर्वाड प्राप्त गर्न सफल भएको छ ।

भिसाद्वारा प्रदान गरिएका सो सम्मानले बैंकले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न थप ऊर्जा र हौसला प्रदान गरेको बताएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर, २७९ एटिएम र ८,५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई परिष्कृत बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*